काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा सभापति रवि लामिछाने उपस्थित हुन नसकेपछि भर्चुअल बैठक बसेको हो।
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने रास्वपाले जनाएको छ ।