पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाण्डू उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us