सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १२:१३ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन ।

कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय रहेका खड्का त्यसअघि सुर्खेत–१ मै फेरि चुनाव लड्न चाहन्थे । तर, निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us