काठमाण्डू, २१ फागुन– सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको खुलेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए ।
उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको खुलेको छ । विवाद हुँदा केही समय मतदान समेत रोकिएको थियो । अहिले भने मतदान सुरु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ ।