सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ११:४८ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।

केहीबेरअघि रास्वपा उम्मेदवार सिंह उक्त स्थनामा पुगेका थिए । उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् । यसैबीच प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाएका हुन् ।

बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us