काठमाण्डू, २१ फागुन– ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन । बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्ती जानकारी दिएका छन ।
मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएको उनले जानकारी दिएका छन । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।
‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने । उनका अनुसार, प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए ।