दोलखाको मालुमा मतदान रोकियो

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:४९ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– दोलखाको मालु मतदान स्थलमा मतदान नै स्थगित भएको छ। तामाकोशी गाउँपालिका–४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us