
काठमाण्डु – भारतीय टेलिभिजन च्यानल ‘जि टिभी’ले प्रसारण गर्दै आएको ‘रियलीटी शो’ ‘सिनेस्टारको खोज’मा हजारौं भारतीय प्रतियोगी उछिन्दै अजरवैजानकी ओकसनाले वेस्ट सिनेस्टार महिला –२०१४ को उपाधि जितेकी छन् ।
१३ हप्तादेखि प्रसारण हँुदै अाएकाे रियलीटी शोमा पुरुषतर्फको उपाधि भारतीय सैयद मामुनले हात पारेका छन् ।
आइतबार राति भएको ‘ग्राण्ड फिनाले’मा दर्शकको भोटको आधारमा ओकसना र सैयदले सो उपाधि हात पारेका हुन् ।
अन्तिम ६ कलाकार रहेको ग्राण्ड फिनालेमा ३ महिला र ३ पुरुष रहेका थिए ।
उपाधि विजेता दुबैले जी टिभीको लगानीमा बन्ने चलचित्रमा मुख्य भुमिकामा अभिनय गर्न पाउँनेछन् ।
चलचित्रको निर्देशन गुरुदेव भल्लाले गर्नेछन् भने महेश भट्टले कथा लेख्नेछन् ।
विजयकृष्ण आचार्य ‘भिक्टर’, अनुराग बशु, सोनाली बेन्द्रे निर्णायक रहेका थिए ।