पेट्रोल लुट्न जाँदा ७ जना जिउँदै जलेर मरे

काठमाण्डु टुडे २०७१ असोज १३ गते ६:३३ मा प्रकाशित

काठमाण्डु, १३ असोज – सडकमा पल्टिरहेको ट्याङकरबाट पेट्रोल लुट्न जाँदा ७ जना जिउँदै जलेर मरेका छन् । १८ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Fireभारतको वाराणसीमा एउटा मोटरसाइकललाई बचाउन खोज्दा ट्याङकर सडकमा पल्टिएको थियो ।

प्रहरीले ट्याङकरलाई पन्छाएर सडक किनारमा राखेको थियो ।

स्थानीय बासिन्दा गत शनिबार रातको १२ बजे पेट्रोल पोखिएर बनेको पोखरीमा भाँडा लिएर उठाउन जाँदा अचानक आगो लागेको थियो ।

आगोबाट सडक वरपरका घरसमेत जलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us