सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ८:२८ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– सर्लाही– ४ मा मतदान सुरु हुनेबितिकै तनावको अवस्था सिर्जना भएको छ । यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको बताइएको छ ।

मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो । विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us