मतदानपछि प्रचण्डको प्रतिक्रियाः नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ८:२४ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपली कम्युनिष्ट पार्टी संयोजक संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको तर्क गरेका छन ।

आज (बिहिबार) चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै संयोजक प्रचण्डले यस्तो बताउका हुन । प्रचण्डले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्ने पनि बताएका छन ।

‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, संयोजक प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्यो ।’संयोजक प्रचण्डले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए । ‘सबैसँग म अपिल गर्छु, यो सवाल नयाँ र पुरानाको हुँदै होइन ।

सही र गलतको हो’, प्रचण्डले भने, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो ।’ संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए ।

उनले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने पनि बताए । ‘नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन’, प्रचण्डले दोहोर्याउँदै भने, ‘सबैले आफ्नो विवेककको प्रयोग गरौं । सहीको पक्षमा उभिऔं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us