काठमाण्डू, २१ फागुन– आज (बिहिबार) हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ ।
आज हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू–५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।
सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन ।