काठमाण्डू, २० फागुन– भोली हुने प्रतिनिधि सभाको निर्वाचनको मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन ।
तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएकोजिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिएका छन ।
उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको उप्रेतीले जानकारी दिएका छन ।
उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन आयोगले निर्देशन दिएको हो । त्यस्तै, बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।