सुनसान काठमाण्डू

काठमाण्डु टुडे २०८२ फागुन २० गते १५:१४ मा प्रकाशित

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदान गर्न काठमाण्डू उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।

काठमाण्डूमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us