ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु

काठमाण्डु टुडे २०८२ फागुन २० गते १४:३१ मा प्रकाशित

काठमाण्डू, २० फागुन– ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरीएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन कार्य सुरु गरीएको हो ।

कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । त्यसका लागि विभागले अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएका छन् । यो संख्या हजारसम्म पुग्ने अनुमान गरिएको सहसचिव खड्काले जानकारी दिए । अबुधाबी र कुवेतबाट प्राप्त जानकारी अनुसार लगभग साढे २ सय नेपाली ट्रान्जिटमा परेका हुन् ।

हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेको भन्दै उनले नेपाल ल्याउने अथवा गन्तव्यमा पठाउने जिम्मेवारी समेत सम्बन्धित एयरलायन्सकै हुने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us