सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २० गते ९:५४ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरीले प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई नियन्त्रणमा लिएको छ ।

मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो ।

जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ ।

प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us