९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २० गते ९:४३ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरीले पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।

उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेको प्रहरीले जनाएको छ । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं ।’

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थाल सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा– २ बाट उम्मेदवार रहेका मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित पक्राउ गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us