काठमाण्डू, १९ फागुन– प्रहरीले निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो ।
हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेको प्रहरीले जनाएको छ ।