काठमाण्डू, १९ फागुन– काठमाण्डूको बागबजारमा धारिलो हतियार प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईका अनुसार, सोमबार साँझ बागबजारमा झडप हुँदा ती व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिएका छन । हतियार प्रहारबाट घाइते भएका व्यक्तिलाई भने अस्पताल पठाइएको छ । ‘घटनाबारे थप बुझ्ने काम हुँदैछ ।
घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ,’ एसपी भट्टराईले भने ।