आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

काठमाण्डु टुडे २०८२ फागुन १९ गते १२:२७ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ ।

आक्रमणबाट उनको नाकको हड्डी टुटेको बताइएको छ । सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरा स्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us