निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १९ गते १२:१० मा प्रकाशित

काठमाण्डू, १९ फागुन– २१ फागुन (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ ।

अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाण्डू प्रहरीलाई बुझाएको हो ।

अधिकारीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us