दुर्गा प्रसाईं समूहद्वारा दुई गाडीमा आगजनी

काठमाण्डु टुडे २०८२ फागुन १९ गते १०:११ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– दुर्गा प्रसाईं समूहले काठमाण्डूमा दुई वटा गाडीमा आगजनी गरेको छ ।

सुकेधारा र नैकापमा दुई वटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

सुकेधारा बा७च १४०१ र नैकापमा बी–ए–ए २८३६ नम्बरको गाडीमा आगजनी भएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको पर्चा भेटिएको छ । प्रसाईं हाल प्रहरी हिरासतमा छन् ।

चुनाव भाँड्ने गतिविधि गरेको आरोपमा प्रहरीले १७ फागुनमा भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us