काठमाण्डू, १८ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्तो चेतावनी उसले आफ्ना पार्टीका नेतारकार्यकर्ताहरूलाई दिएको हो । यसअघि राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति निकालेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताएका छन ।
जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने थापाले जारी गरेको विज्ञप्तिको खण्डन गर्ने पार्टीको तर्फबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कुनै निर्णय नभएको बताएका थिए ।
क्षेत्रीय अध्यक्ष प्रदीप थापाले गरेको निर्णय प्रति असहमति जनाउँदै उनलाई निलम्बन नै गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
‘रुपन्देही– २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता छैन,’ श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’ अन्यथा सहयोगद गरेको अवस्थामा कारबाही हुन सक्ने चेतावनी दिइएको हो ।
‘प्रवक्ता श्रेष्ठले विज्ञप्तिमै भनेका छन्, ‘पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ ।’ त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई राप्रपाले अनुरोध समेत गरेको छ ।