प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाण्डूबाट ८० हजार यात्रु बाहिरिए

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नको लागि काठमाण्डू उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।

निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us