ओलीको चुनाव प्रचारमा पुगे योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ फागुन १७ गते ११:४३ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेश भट्टराई पनि झापाको दमक आइपुगेका छन् ।

भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइपुगेका हुन् ।

भट्टराई झापा आइपुगे लगत्तै मतदातासँगको भेटमा सक्रिय भएका छन । उनी सोमबार कमल गाउँपालिका हुने रयाली उद्घाटनका लागि पुग्दैछन् ।

ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us