मधेशका ४ जिल्लाका कांग्रेसको चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८२ फागुन १६ गते ९:३८ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– कांग्रेसका सभापति गगन थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन । कांग्रेस सभापति थापाले आज सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन ।

चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ । सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यसअघि बिहीबार चुनावी सभाहरू सम्बोधन गर्न उनी सुर्खेत र बाँके पुगेका थिए । सभापति थापाले आइतबार काठमाडौंमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

६ फागुन जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि ७ फागुनमा उनले काठमाडौंको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रश्नहरूको जवाफ दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us