काठमाण्डू, १६ फागुन– नेपालको हिमाली क्षेत्रमा वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।
तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज (शनिबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ महाशाखाले जनाएको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका समेत एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।