कार्यकर्तालाई गगनको अनुरोधः आफैंलाई उम्मेदवार मानेर भोट माग्न जानुस्

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १४:११ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– कांग्रेस सभापति गगन थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई आफैंलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न अनुरोध गरेका छन ।

आज (शुक्रबार) रूपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले उम्मेदवार एक्लैले मेहनत गर्न नहुने भन्दै नेता–कार्यकर्ताहरूले आफैंलाई उम्मेदवार मानेर मत माग्नुपर्ने बताए ।

उनले भने, ‘यहाँको उम्मेदवारले यहीँ मेहनत गर्नुपर्छ । सबैले गरिराख्नुभएको छ । तर, त्यो उम्मेदवार एक्लै मेहनत गर्नु हुँदैन, ‘तपाईं प्रत्येक उम्मेदवार बनिदिनुपर्छ । तपाईंले प्रत्येक घरमा गएर भनिदिनुपर्छ– उम्मेदवार मै हुँ ।’

सभापति थापाले नेता–कार्यकर्ताहरूलाई घर–घर गएर गगन थापा बनेर मत माग्न पनि आग्रह समेत गरेका छन । अझ तपाईंले भनिदिनुपर्छ– म गगन थापा भएर तपाईंको घरमा मत माग्न आएको छु ।

पाँच वर्ष मौका दिनुस् । देशलाई निराश बनाउँदैनौं भनेर तपाईंले भनिदिनुपर्छ,’ उनले भने । कांग्रेसले शुक्रबार रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावी सभा आयोजना गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us