काठमाण्डू, १५ फागुन– काठमाण्डूको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूल पानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । मिनीटाटा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।