नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १७:५० मा प्रकाशित

काठमाण्डू, १४ फागुन– सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । आज (बिहिबार) न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us