चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ नेता पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १७:३० मा प्रकाशित

काठमाण्डू, १४ फागुन– प्रहरीले निर्वाचन बहिष्कार सम्बन्धी पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार उनीहरूलाई ‘चुनाव बहिष्कार गरौं’ लेखिएको पर्चासहित नाराबाजी गरिरहेका बेला प्यूठानको मध्य क्षेत्र टिकुरीबाट नियन्त्रणमा लिइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us