काठमाण्डू, १३ फागुन– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै भएको बताएका ।
उपसभापति शर्माले जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए ।
आज (बुधबार) महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने दाबी समेत गरे ।
कांग्रेस उपसभापति शर्माले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत रहेको विश्वास समेत व्यक्त गरेका छन ।
कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने भन्दै उनले देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने बताएका छन ।