नेपाली कांग्रेसभित्र एकता कायम छ, निर्वाचनमा बहुमत ल्याउँछौंः कांग्रेस नेता निधी

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका छन ।

कांग्रेस नेता निधिले भने, ‘अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो ।

धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ, ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा ऊर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ ।’

उनले अहिले नेपाली कांग्रेसमा देशभर एकता रहेको पनि दाबी गरे । एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ ।

कांग्रेसको उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन्,’ उनले भने । यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ। बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us