एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन ।

२ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा–३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।

उनी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्‍मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषय उठाउँदै आएकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us