विराटनगरमा १२ लाख बराबरको चोरी

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– मोरङको विराटनगर महानगरपालिका–१० स्थित शान्तिचोकमा एक घरबाट लाखौँ मूल्यको धनमाल चोर भएको छ । स्थानीय सीता श्रेष्ठको घरलाई निशाना बनाउँदै चोरले करिब १२ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना र अन्य धनमाल चोरी गरेको हो ।

आज (सोमबार) भएको उक्त चोरीको घटनाले टोलबासीलाई त्रसित बनाएको छ । प्रहरीले घटनाको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको छ ।

चोरी भएको धनमालको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र यसमा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले शंकास्पद क्षेत्रहरूमा निगरानी बढाउनुका साथै फरार व्यक्तिको पहिचानका लागि स्थानीय सीसीटीभी फुटेजहरूसमेत अध्ययन गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us