उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १६:४५ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।

उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानूनको स्नातकोत्तर (एलएलएम) गरेका थिए ।

साथै हङकङ विश्वविद्यालय हङकङबाट अन्तराष्ट्रिय कानून र मानव अधिकारको अध्ययन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us