इटहरीवासीलाई बालेनको प्रश्नः चिया कहाँको खानुभयो ? तरकारी त पारीको होला ?

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन ।

आज (मंगलबार) सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले यस्तो बताएका हुन । बालेनले भने, ‘चिया पिउनुभयो रु चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो रु बोर्डर पारीको खानुभयो ।’

तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गरे । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन ।

यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us