काठमाण्डू, ११ फागुन- धादिङ बस दुर्घटनामा ज्यान गुमाउने सबै १९ जनाकै सनाखत भएको छ ।
मृत्यु हुनेमा तीन विदेशी र १६ नेपाली नागरिक छन् ।
पोखराबाट काठमाण्डू आउँदै गरेको माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस सोमबार बिहान पृथ्वी राजमागअन्तर्गत धादिङबेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी भैंसेगौंडाबाट त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ३० कास्कीका ४० वर्षीय विवेक बास्तोला, जिल्ला स्याङ्जा, वालिङ–१४ घर भई हाल काठमाण्डू नागार्जुन नगरपालिका–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, जिल्ला तनहुँ, व्यास गाउँपालिका–४ बस्ने अन्दाजी ४० वर्षीय ओमकुमार मल्ल, जिल्ला धादिङ, साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ठकुरी, जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७, मालेबगर बस्ने अन्दाजी ५५ वर्षीय विष्णुमाया ढकाल, जिल्ला काठमाण्डू महानगरपालिका–६, बौद्ध टुसाल बस्ने अन्दाजी ४२ वर्षीय लोप्साङ गोले, जिल्ला तनहुँ, भिमाद नगरपालिका–६ बस्ने अन्दाजी ४६ वर्षीय हरिप्रसाद सिग्देल, जिल्ला पाल्पा, तानसेन नगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय नवीन्द्र श्रेष्ठ, जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७ बस्ने ६३ वर्षीय रुद्रप्रसाद ढकाल छन् ।
यस्तै मृतक अन्यमा जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका–२ बस्ने २० वर्षीया अर्चना पौडेल, जिल्ला कास्की, पोखरा महानगरपालिका–१४, चाउथे बस्ने २१ वर्षीया अञ्जली क्षेत्री, जिल्ला कास्की, माछापुच्छ्रे गाउँपालिका–३ बस्ने २१ वर्षीय रोहित नेपाली, जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका–६ बस्ने ४५ वर्षीय धनश्याम सुवेदी, जिल्ला काठमाण्डू काठमाण्डू महानगरपालिका–३२, बुद्धनगर बस्ने ३३ वर्षीया अनिशा महर्जन, जिल्ला मोरङ, उर्लाबारी नगरपालिका–१ स्थायी ठेगाना भएकी २७ वर्षीया हीरा चौधरी, जिल्ला कास्की, पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीय सुजित नेपाली छन् ।
दुर्घटनामा मृत्यु हुने विदेशीमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, चिनियाँ नागरिक ४० वर्षीय चाङ चुङचङ र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइचका ३२ वर्षीय मनिष शुक्ला छन् । दुर्घटनामा अरु २६ यात्रु घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।