कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः ओली

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने बताएका छन ।

आज (सोमबार) झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले भने, ‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ ।

यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ ।’ साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरे ।

ओलीले भने, ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट पाउने छैन । कसैले सक्नेवाला पनि छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us