दुर्गा प्रसाईंलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाण्डूलाई पठाएको पत्रको फाइल मगाएको हो ।

त्यही निर्देशनका आधारमा आफूहरुले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूको दाबी थियो ।

सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोक्न भनेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us