साझा राष्ट्रिय कार्यदिशा आवश्यक छः अशोक राई

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १४:०५ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– जनता समाजवादी पार्टी९नेपाल०का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन ।

आज (सोमबार) पार्टीको निर्वाचन परिचालन समिति, सुनसरी– १ ले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले यस्तो बताएका हुन ।

उनले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने हल्ला बाहिर सुनिएको भए पनि त्यस्तो कदम मुलुक र जनताको हितमा नहुने पनि बताएका छन ।

निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा ‘म्यान्डेट’सहित देशको नेतृत्व गर्ने उल्लेख गर्दै संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको पनि उनले बताए ।

अध्यक्ष राईले लोकतान्त्रिक प्रक्रियामा अवरोध आउन नदिन र दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्ने सहमतिमूलक राजनीतिक संस्कार विकास गर्नुपर्ने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us