धादिङको बेनीघाट रोराङबाट बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन ११ गते ५:०९ मा प्रकाशित

काठमाण्डू, ११ फागुन- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका चाइनाधाराबाट बस त्रिशूलीमा खस्दा १७ यात्रुको मृत्यु भएको छ ।

पोखराबाट काठमाण्डू आइरहेको ग२ख १४२१ नम्बरको सोमबार बिहान करिब सवा १ बजेको समयमा त्रिशूली खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये ४ महिला र १३ पुरुष छन् ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाले घटनामा अरु २३ जना घाइते भएको बताए । घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us