काठमाण्डू, १० फागुन – कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जनले एमाले परित्याग गरेका छन् ।
महर्जन सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमले कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरे ।
महर्जनसँगै एमालेबाटै कीर्तिपुर वडा नम्बर- १६ का अध्यक्ष रहेका न्हुच्छे महर्जन पनि नेकपा प्रवेश गरे ।
कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनका सबै धाराबीच एकता र ध्रुवीकरणको विकल्प नरहेको बताए । देश इतिहासका अत्यन्त संकटपूर्ण अवस्थामा रहेकाले देशभक्त शक्तिहरु एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।
नेकपा प्रवेश गरेका महर्जनद्वयले काठमाण्डू १० मा नेकपाकी उम्मेदवार रहेकी रुपा महर्जनलाई जिताउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।