डोटीमा जिप दुर्घटना, ४ जना घाइते

काठमाण्डु टुडे २०८२ फागुन १० गते १७:२८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् ।

उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ । यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं– ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ ।

बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us