काठमाण्डू, ५ फागुन– प्रहरीले वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेकी प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ । पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन ।