दाङमा सिलिन्डर विस्फोट

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– दाङमा सिलिन्डर विस्फोट गराइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको अनुमान गरीएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको अवस्थामा भेटिएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिए ।

खोला किनारमा विस्फोट गराइएको हुनाले मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us