जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार ७ कैदी पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १३:५० मा प्रकाशित

काठमाण्डू ४ फागुन– गत २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर र भारतका रोशन साह छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डू र मातहतको टोलीले पक्राउ गरेको हो । उनीहरू चोरी, डाँका, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध ज्यान मार्ने उद्योग कसुरको अभियुक्त हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us