काठमाण्डू, २ फागुन– प्रहरीले झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्धलाई पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति पक्राउ गरीएको प्रहरीले जनाएको छ । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।
उजुरी प्राप्त हुनासाथ एक्सनमा उत्रिएको प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो। हाल प्रहरीले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाको विस्तृत विवरण र प्रमाण संकलन गरिरहेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।