काठमाण्डु, १२ असोज– सरकारी स्वामित्वको नेपाल एअरलाइन्स र निजी क्षेत्रको बुद्ध एअरले भैरहवा–काठमाण्डुको हवाई भाडा घटाएका छन् ।
दसैंका समयमा भैरहवाबाट काठमाण्डु जाने यात्रु कम हुने भएपछि ती दुई एअरलाइन्सले हवाई दर अधिक मात्रामा कटौती गरेको जनाएका छन् ।
असोज ८ गतेदेखि विजया दशमीसम्मका लागि उक्त सेक्टरमा दुई हजार ५ सय हवाई भाडा कायम गरेको नेपाल एअरलाइन्स भैरहवाका स्टेसन इन्चार्ज शंकरबहादुर केसीले बताए ।
बुद्धले शनिबारदेखि विजया दशमीको दिन असोज १७ गतेसम्मका लागि हवाई भाडा दर घटाएर दुई हजार ५ सय कायम गरेको बुद्ध एअरका वरिष्ठ प्रबन्धक दर्शन घिमिरेले बताए ।