नयाँ पार्टीमा मत दिने चाहना भएकालाई कांग्रेस छः सभापति थापा

काठमाण्डु टुडे २०८२ फागुन १ गते १७:२८ मा प्रकाशित

काठमाण्डू, १ फागुन– कांग्रेस सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको तर्क गरेका छन । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको समेत उनले बताएका छन ।

कांग्रेस सभापति थापाले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो, ‘किन कि कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’देश युवाको काँधमा रहेको र धनकौलमा युवा सहभागिता देखेपछि खुशी लागेको भन्दै उनले युवाले नैे देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए ।

‘सधैं अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् रु तर, आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुशी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’सभापति थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेकोमा जोड दिए । तर, त्यसअघि भोटमार्फत् कांग्रेसलाई जिताउनु पर्ने बताए ।

‘अहिले सर्लाहीलगायतका मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ,’ उनले भने, ‘त्यसका लागि युवाहरूले कांग्रेसको बारेमा एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ । मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us